प्रधानमन्त्री सिंगापुर जाने



काठमाडौं, (नेस)। प्रधानमन्त्री केपी शर्मा ओली पुनः दस दिनका लागि सिंगापुर जानुहुनेभएको छ । उहाँ स्वास्थ्य उपचारका लागि यही भदौ ५ गते सिंगापुर जाँदै हुनुहुन्छ ।

मंगलबार बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी गराउँदै आफू स्वास्थ्य रहेको र बाहिर हल्ला गरेजस्तो केही पनि नभएको बताउनुभयो ।

बैठकमा सहभागी राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले प्रधानमन्त्रीले आफू दस दिन सिंगापुरमा रहने जानकारी गराएको बताउनुभयो ।

प्रधानमन्त्री ओली गत साउन १८ गते पनि सिंगापुर गई साउन २७ गते स्वदेश फर्कनुभएको थियो। सर्वदलीय बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी हुनुभएको थिएन ।

प्रतिक्रिया दिनुहोस्