राष्ट्रिय स्वाभिमान यात्राको तयारी पूरा



काठमाडौं, (नेस)। राष्ट्रिय प्रजातन्त्र पार्टीले तेस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्राको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

राप्रपाले यही भदौ २३, २४ र २५ गते सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा राष्ट्रिय स्वाभिमान यात्रा सञ्चालन गर्दै छ।

मंगलबार राष्ट्रिय स्वाभिमान यात्रा मूल आयोजक समितिका संयोजक सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा यात्राको तयारीका लागि सर्वेक्षणमा गएको प्रदेश नं. ३ का प्रमुख विक्रमबहादुर थापा नेतृत्वको टोलीबीच तयारीबारे व्यापक छलफल भएको थियो।

तीन दिने उक्त यात्रा भदौ २३ गते बिहान सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट शुरु भएर काभ्रे जिल्लाको बनेपामा २५ गते साँझ समापन हुँदै छ।

 

 

प्रतिक्रिया दिनुहोस्