मिलापत्र गरेको ५ दिनमै गणेशले श्रीमती र छोरो जलाए



>LdtL / 5f]/fnfO{ >Ldfgn] hnfPkl5 pkrf/ u/fpFb} wflbª, # ebf} -/f;;_M dWo wflbªsf] l;4n]s ufpFkflnsf– ! lgjf;L @$ jifL{of ladnf bf/fO{ nD;fn / !% dlxgfsf] 5f]/f h]lg; pgsf] >Ldfgn] tf/lkgt]n xfn]/ hnfPkl5 lhNnf c:ktfn wflbªdf pkrf/ u/fpFb} . t:jL/ M ;Ltf/fd clwsf/L

सीताराम अधिकारी, धादिङ। श्रीमती कुटपिट गर्ने गरेपछि सिद्धलेक गाउँपालिका–१ का गणेश लम्साललाई पाँच दिनअघि गाउँमा रहेको आमा समूहले सम्झाए। मिलापत्र गर्न गएको आमा समूहले बिहान ११ बजे मात्र मिलापत्र गराउन सम्भव भएपछि आमासमूहका सदस्यहरू आ–आफ्नो घर फर्के।

घटनाबारे बताउँदै आमा समूहकी शर्मिला तामाङले यस्तो हुन्छ भन्ने थाहा भएको भए पहिले नै प्रहरी बोलाएर कारबाही गराउने विचार रहेको बताउनुभयो। जिल्ला अस्पतालमा घाइतेहरू छटपटाइरहेको देखेपछि आक्रोशित आमा समूहका अगुवा महिलाहरूका आँखा रसाएका थिए।

आमा समूहले मिलापत्र गराएर गएपछि सोही राति बिमला लम्साललाई उनका श्रीमान् गणेश लम्सालले कुट्नुसम्म कुटे। आगोले जलेकी बिमला आँखाभरी आँसु पार्दै घटना सुनाउँदै आफूलाई बचाउन अप्ठेरो भएपछि आफ्नो भरोसा लागेको वृद्ध बाजे ससुरा कृष्णबहादुर लम्सालको घरमा गइन्। बाजे ससुरासँग श्रीमान् गणेशलाई सम्झाइदिन आग्रह गरिन्।

नातिनी बुहारीले दुःख पाएको भन्ने पहिलेदेखि बुझेका कृष्णबहादुर सोमबार नातिनी बुहारी लिएर पुरेयाउन आए। नातीलाई ‘यसरी व्यवहार बिगार्नुहुन्न। कमाइ गरेर खाने मान्छे बिग्रनुहुन्न’, भनेर सम्झाउनुसम्म सम्झाए।

सोमबार बेलुका आरोपित गणेश छट्पटाएका थिए। हजुरबुवा कृष्णबहादुरलाई टिभी हेर्ने व्यवस्था गरिदिए। अनि उनले बाहिरबाट ल्याएको रक्सी र मासु खाए। हजुरबुबालाई पनि खाऊँ भनेका थिए। तर उनले अब आइन्दा यस्तो हुन्न भनेका थिए।

राति अबेर भएपछि आरोपित गणेशले पत्नीलाई घरको पिँढीमा सुतेको स्थानबाट उठाएर धन्सारमा सुत्न जाऊँ भने। महिनावारी भएको तीन दिन मात्र भएकाले भित्र जान इन्कार गरेकी बिमलाले बाजे ससुराले ‘हुन्छ’ भनेपछि धन्सारमा १५ महिनाको बालक लिएर सुत्न गइन्। कृष्णबहादुर पनि सुते।

रक्सीले मातेका गणेश धन्सारभित्र आए। भित्रबाट ढोका लगाए। ढोकाको चुक्कुल अड्काउन डोरी समेतले बाँधे। श्रीमतीलाई ‘ढोका खोलिस् भने आज मारिदिन्छु’ भन्दै थिए। उनी एक्कासि श्रीमती र छोरोमाथि रङ लगाउन प्रयोग हुने तारपिन तेल खन्याउँछन्।

भित्र भएको घटना सुनिरहेका कृष्णबहादुर ढोका खोल्न खोज्छन्, तर सक्तैनन्। ओल्लो पल्लोघरमा गुहार मागे। बिमलाभित्र ‘बचाऊ, बचाऊ’ भनेर चिच्याइरहेकी थिइन्।

छोरो र आमा दुवैलाई आगो लगाएपछि भित्रको वातावरण कोलाहलमय भएको थियो। भित्रको चिच्याहट सुनेर पनि बाहिरबाट कसैले केही गर्न नसकेको अवस्थामा बिमलाले धन्सारको झ्यालबाट बाहिर फाल हालिन्। उनी ‘छोरो जेनिस बाँच्न सक्छ। बचाइदिनु’ भन्दै आफ्नो जेठानीलाई बच्चा दिन्छिन् र त्यहीँ बसेर रुन थालिन्। यति घटना हुँदा रातिको १२ बजिसकेको थियो।

राती गाउँवासीले बच्चा र आमालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुरेयाएका थिए। आफूले बच्चा बोकेर प्रतिकार गर्न नसकेपछि झ्याल खोलेर भागेकाले बाँच्न सफल भएको घाइते बिमलाले बताउनुभयो।

आगो लगाएर घाइते भएकी बिमलाको घाँटी, अनुहार, देब्रे हात, देब्रे खुट्टा र छातीमा गहिरोसंग पोलेको छ। १५ महिनाको जेनिसको पेट, ढाड, देब्रे हात र देब्रे खुट्टामा पोलेको छ। गम्भीर घाइते भएका दुवैको जिल्ला अस्पतालले एकिकृत संकट व्यवस्थापन प्रणालीअन्र्तगत निःशुल्क उपचारको व्यवस्था मिलाएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल श्रेष्ठले जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरिएका गणेश लम्साललाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा अनुसन्धान शुरु गरिएको र सोहीबमोजिम मुद्दा चलाइने प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्