तयार भयो सडक बालकको आफ्नै मामाघर



नेपाल समाचारपत्र, हेटौंडा। जिल्लाको हेटौंडा उप–महानगरपालिका–११, डाङडुङ्गेमा मामाघर नेपालको भवन निर्माण सम्पन्न भएको छ। पूर्वसडक बालकहरूलाई आश्रय दिँदै आएको मामाघर नेपालको आफ्नै भवन निर्माण भएको हो।

हालसम्म कोठा भाडामा लिएर आश्रय दिँदै आएकोमा अबदेखि सडक बालकहरू आफ्नै ‘मामाघर’ मा बस्न पाउने भएका छन्।

उक्त भवन २०७१ चैत १४ गते शिलान्यास गरिएको हो। २ करोड २१ लाख लागतमा मामाघर नेपालको भवन निर्माण गरिएको हो। भवनमा हल, भान्सासहित २१ कोठा निर्माण गरिएको मामाघर नेपाल प्रमुख संरक्षक अर्पण पराजुलीले बताउनुभयो।

भवनमा अब एक सय जनासम्म पूर्वसडक बालबालिका राख्न सकिने क्षमता छ। भवन निर्माणका लागि स्पेनिस संस्था फन्डाकेसन हेरेज, हेटौंडा उपमहानगरपालिका, तत्कालिन जिल्ला विकास समिति मकवानपुर, सांसद् विकास कोष, स्थानीय तथा संघसंस्थाको सहयोग प्राप्त भएको संरक्षक पराजुलीले जानकारी दिनुभयो। भवन निर्माणका लागि ‘एक व्यक्ति–एक इँटा’ अभियानबाट पनि सहयोग जुटेको छ।

पूर्वसडक बालबालिकाको आपत्कालीन राहत, उद्धार, परामर्श, पारिवारिक वातावरणमा आवासीय सुबिधा, सीप, शिक्षा र पारिवारिक पुनर्मिलन गराउनु मामाघर नेपालको अभियान हो।

सडक बालबालिकामुक्त समाज निर्माण गर्ने लक्ष्यलाई सार्थक बनाउने अभियानअन्र्तगत चोरी र लुटपाट गर्ने र डेन्ड्राइट सुँघेर हिँड्ने र राति सडकपेटीलाई ओच्छ््यान र आकाशलाई सिरक बनाउँदै आएकाहरूले स्थायी आश्रय पाउने भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्