भूमिसम्बन्धी आठौं संशोधन विधेयक पारित



काठमाडौं, (नेस)।  भूमि सम्बन्धी आठौं संसोधन विधेयक संघीय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। भूमि सम्बन्धी आठौं संसोधन विधेयक २०७५का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक २०७५माथि छलफल गरियास् भनी संसदमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

त्यस अवसरमा विधेयकमाथि सांसद्ले उठाएको प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले भूमि सम्बन्धी (आठौं संसोधन) विधेयकमाथि सांसद्ले दिएको सुझाबमा सरकारको ध्यान जाने बताउनुभयो। नियमावलीमार्फत आएका सुझाब समेटेर अझ परिस्कृत बनाएर जाने मन्त्री अर्यालले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्