अरिङ्गालको टोकाइबाट रानाको मृत्यु



पाल्पा । पाल्पामा अरिङ्गालको टोकाइबाट मंगलबार एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका– १२ बौघापोखराथोकका २१ वर्षीय हेमबहादुर राना हुन् ।

घर नजिकै रहेको रुखमा अरिङ्गालको गोलो पोल्न गएका रानालाई अरिङ्गालले टोकेर घाइते बनाएको थियो ।

घाइते रानाको उपचारको क्रममा युनाइटेड मिशन अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्