प्रधानमन्त्रीलाई मार्छु भन्ने पक्राउ



काठमाडौं, (नेस) ।प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फेसबुकमा लाइभ गरी तथानाम गाली गर्ने बाराका सागर मैनालीलाई प्रहरीले पक्राउ गरेको छ।

मैनालीले हातमा खुकुरी लिएर तीन जना नेतालाई काट्छु र मार्छु भन्दै गागी गलौजमा संलग्न रहेका मैनालीलाई महानगरीय अपराध महाशाखाको टोलीले इलाका प्रहरी कार्यालय सिमराको सहयोगमा पक्राउ गरेको हो।

मैनालीलाई विद्युतीय कारोबार ऐन २०६४ अनुसार कारबाही गर्ने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौर जानकारी दिनुभयो।

केही समय यता सामाजिक सञ्न्जालको प्रयोग गरी समाजलाई भड्काउने क्रम बढेपछि प्रहरीले त्यस्ता गतिविधिमा संलग्न रहेका विरुद्धको कारबाहीलाई तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्