दुव्र्यसनीमा महिला होमिए



नेपालमा पनि झन्डै ३० हजार महिला लागूऔषधको धरापमा परिसकेको अनुमान लगाइएको छ। विकसित देशहरूमा पुरुष र महिला झन्डै समान संख्यामा दुव्र्यसनमा पर्ने गरेको देखिन्छ भने पुरुषप्रधान मुलुकमा पुरुषको तुलनामा महिलाको संख्या कम देखिन्छ। साधारणतया नेपालका महिला दुव्र्यसनमा पर्नुहुँदैन भन्ने खालको मान्यता राख्ने गरेको पाइन्छ। तर यही समाजमा दुव्र्यसनको समस्या छ भने महिला पनि त्यसबाट प्रभावित हुनु आश्चर्य हैन।

योजनाबद्धरूपले साथीभाइको संगतले महिलाहरू पनि रमाइलो गरौं या दुःख बिर्सौं भन्ने विश्वासले लागूऔषधको दुव्र्यसनमा परेको देखिन्छ। करिब २० प्रतिशत महिलाले आफ्नो दुव्र्यसनी केटासँगको प्रत्यक्ष सम्पर्क नभएको तर तिनीहरूको प्रेमिका आफ्नो साथी भएको र त्यो केटी साथीले आफ्नो प्रेमीबाट लागूऔषध ल्याई रमाइलो हुन्छ रे, चाखौं भनी अनुरोध गरेकाले हेरौं न त भनी लागूऔषध लिन थालेको बताउँछन्।

यस प्रकार योजनाबद्धरूपमै पनि यस्तो काम भएको हुन सक्छ। करिब १५ प्रतिशतले आफूले लागूऔषध लिने गरेको महिलालाई चिनेको र घुलमिल हुँदाहुँदै उनकै देखासिकी गरी लागूऔषध लिन थालेको बताउँछन्। करिब ५ प्रतिशत महिलाले आफूले विवाहअघि कहिल्यै लागूऔषध नलिएको तर विवाहपछि पतिले लागूऔषध लिने भएका कारण उनको पटक–पटकको अनुरोधपछि आफूले पनि आगूऔषध लिन थालेको बताउँछन्।

पुरुषप्रधान मुलुक भएकाले दुव्र्यसनमा परेका महिलालाई उपचारमा पठाउन परिवार तयार हुँदैनन्। जसको कारणले उनीहरूको जीवन कष्टकर हुन्छ र दुःखद अन्त्य पनि हुन्छ। दुव्र्यसनमा परेका महिला पुरुषभन्दा बढी घरायसी हिंसाका सिकार हुन पुग्छन्। साथै महिलालाई आफैं लागूऔषध किन्न जाँदा गाह्रो पर्ने हुँदा उनीहरू कुनै पुरुषको भर परेका हुन सक्छन्।

यस्ता पुरुषले ठग्ने, पैसा नै लुटिदिने, नक्कली औषधि ल्याइदिने लगायत अनेकौं तरिकाले तिनीहरूलाई शोषण गर्दछन्। कमजोर महिला यो समस्याबाट निस्कन नसकी आत्महत्या पनि गर्न सक्छन्। एक्लै र बेसहारादेखि विवाह गर्ने नाममा अलपत्र पारी छोडिदिन सक्छन्। साधारणतया के देखिएको छ भने, पुरुषको तुलनामा महिलालाई दुव्र्यसनबाट बाहिर निकाल्न पनि कठिन हुने गरेको देखिएको छ।

कुनै पनि घरमा महिलामा दुव्र्यसनको समस्या छ भने लुकाउनुहुँदैन। एउटी महिलालाई छोरी, बुहारी, आमा भएर विभिन्न समयमा विभिन्न भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। तर दुव्र्यसनमा परेका महिलाले समाजमा उपेक्षा गरेझैँ त्यो भूमिका निभाउन अक्षम ठहर भैदिन्छन्। अझ महिलाहरूले आफ्नो जन्मथलो भनौं या जन्मस्थान नै छोडी पराइघर गएर विश्वास दिलाउनुपर्ने हुन्छ।

त्यो काम दुव्र्यसनमा परेका महिलाका लागि झनै चुनौतीपूर्ण हुने गर्दछ। त्यसैले तपाईंं–हामी सतर्क हुनु जरुरी छ। अभिभावकले पनि आफ्ना बच्चाहरू कतै दुव्र्यसनमा परेका त छैनन् भनेर छड्के चेक गर्नुपर्दछ। यसो गरे मात्रै यो समस्या केही हदसम्म निर्मूल हुन सक्छ।

– अनुपमा पोखरेल, भैरहवा।

प्रतिक्रिया दिनुहोस्