सिजी कामना फिल्म अवार्डस् २०७६: छक्का पञ्जा, डमरुको डण्डिबियो, नाइँ नभन्नु ल, प्रसाद र साइँलीबीच भिडन्त



नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामनाले नेपाली फिल्म र फिल्मकर्मीको सम्मानमा मनोरञ्जन क्षेत्रको प्रतिष्ठित संस्था सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी कामना फिल्म अवार्ड्स २०७६ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक गरिएको छ।

फिल्म क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था तथा फिल्मकर्मीसँगको बृहत् छलफलपश्चात् तयार पारिएको मापदण्डअनुसार पाँचौं संस्करणको कामना फिल्म अवार्डस् २०७६ को निर्णायक मण्डलले झन्डै एक महिना लगाएर अवार्डमा सरिक हुन आवेदन भरेका फिल्म अवालोकन गरी मूल्यांकन गरेपछि प्रतिस्पर्धात्मक २६ विधामा उत्कृष्ट ५ को मनोनयन सूची सार्वजनिक गरिएको हो।

सरप्राइजस्वरूप अवार्ड समारोहकै दिनमात्र सार्वजनिक गरिने निर्णायक मण्डलको मूल्यांकनअनुसार यस वर्षको सिजी कामना फिल्म अवार्डस् २०७६ को सर्वोत्कृष्ट फिल्म विधामा छक्का पञ्जा–३, डमरुको डण्डिबियो, नाइँ नभन्नु ल–५, प्रसाद र साइँलीबीच भिडन्त हुने भएको छ भने सर्वोत्कृष्ट अभिनेतामा खगेन्द्र लामिछाने, विपीन कार्की, गौरव पहाडी र निखिल उप्रेतीबीच प्रतिस्पर्धा देखिएको छ। यो विधामा विपीन २ फिल्मबाट मनोनयनमा परेका छन् भने सर्वोत्कृष्ट अभिनेत्रीमा दीपिका प्रसाईं, मेनुका प्रधान, नम्रता श्रेष्ठ, पूजा शर्मा र शिल्पा पोखरेल प्रतिस्पर्धामा छन्।

मनोनयन सूचीमा फिल्म नाइँ नभन्नु ल–५ सर्वाधिक १५ विधाको मनोनयनमा परेको छ। यो फिल्म सर्वोत्कृष्ट फिल्म, निर्देशक, सहअभिनेत्री, नवअभिनेता, संगीतकार, गीतकार, पाश्र्वगायिका, बालकलाकार, पटकथा, कोरियोग्राफी, पाश्र्वसंगीत, ध्वनिमिश्रण, छायांकन, सम्पादन र शृंगार विधाको मनोनयनमा परेको छ। यो एउटै फिल्मबाट २ बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका छन् भने अनुभव भैरेबाट पनि मनोनयमा छन्।

त्यसैगरी फिल्म छक्का पञ्जा–३ र डमरुको डण्डिबियो १२÷१२ विधाको मनोनयमा परेका छन्। छक्का पञ्जा–३ सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेत्री, सहअभिनेता, पाश्र्वगायक, हास्य कलाकार, कोरियोग्राफी, कथा, पटकथा, संवाद, ध्वनि मिश्रण र सम्पादन विधाको मनोनयन परेको छ। यो फिल्मबाट दीपकराज गिरी कथा, पटकथा र संवाद गरी ३ विधाको मनोनयमा परेका छन्।

त्यसै गरी डमरुको डण्डिबियो सर्वोत्कृष्ट फिल्म, अभिनेता, नवनिर्देशक, सहअभिनेता, कथा, पटकथा, संवाद, छायांकन, पाश्र्वसंगीत, ध्वनिमिश्रण, सम्पादन र शृंगार विधाको मनोनयमा परेको छ। यो फिल्मबाट खगेन्द्र लामिछाने अभिनेता, कथा, पटकथा र संवाद गरी ४ विधाको मनोनयनमा छन्।

त्यस्तै साइँली ११ र प्रसाद १० विधाको मनोनयमा परेका छन्। साइँली सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता, संगीतकार, कथा, संवाद, गीतकार, पाश्र्वगायक र सम्पादन विधाको मनोनयमा छ भने प्रसाद सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, संवाद, खलपात्र, छायांकन, ध्वनिमिश्रण र सम्पादन विधाको मनोनयमा छ। भिलेन ८ र यात्रा ७ विधाको मनोनयमा छ।

भिलेन सर्वोत्कृष्ट अभिनेता, अभिनेत्री, नवअभिनेता, पाश्र्वगायक, पाश्र्वगायिका, खलपात्र, द्वन्द्व निर्देशक र शृंगार विधाको मनोनयनमा छ भने यात्रा नवनिर्देशक, नवअभिनेत्री, कथा, सहअभिनेता, पाश्र्वगायिका, गीतकार र द्वन्द्व निर्देशन विधाको मनोनयमा परेको छ। त्यसै गरी चक्कर, सय कडा दश र बोबी ६÷६ विधाको मनोनयनमा परेका छन्।

चक्कर सर्वोत्कृष्ट नवनिर्देशक, सहअभिनेत्री, खलपात्र, छायांकन, पाश्र्वसंगीत र शृंगार, सय कडा दश निर्देशक, नवअभिनेता, सहअभिनेता, सहअभिनेत्री, पटकथा र संवादको मनोनयनमा परेको छ भने बोबी निर्देशक, नवअभिनेता, नवअभिनेत्री, संगीतकार, छायांकन र ध्वनि मिश्रणको मनोनयमा परेको छ। त्यस्तै ए मेरो हजुर–३, भैरे र बाँध मायाले ५÷५ विधाको मनोनयमा छन्।


ए मेरो हजुर–३ सर्वोत्कृट नवअभिनेत्री, संगीतकार, गीतकार, छायाकार र पाश्र्वसंगीत, भैरे पाश्र्वगायिका, बालकलाकार, छायांकन, पाश्र्वसंगीत र द्वन्द्व निर्देशक तथा बाँध मायाले नवअभिनेता, पाश्र्वगायक, पाश्र्वगायिका, हास्यकलाकार र द्वन्द्व निर्देशक विधाको मनोनयमा परेका छन्।

त्यसै गरी रामकहानी र जानी नजानी ४÷४ विधाको मनोयनमा छन्। रामकहानी सर्वोत्कृष्ट अभिनेत्री, पाश्र्वगायक, हास्यकलाकार र छायांकन तथा जानी नजानी नवनिर्देशक, नवअभिनेत्री, सहअभिनेत्री र शृंगार विधाको मनोनयनमा परेका छन्।

त्यस्तै रणवीर र कथा काठमाडौं ३÷३ तथा गोपी र अनुराग २÷२ विधाको मनोनयमा छन्। रणवीर सर्वोत्कृष्ट नवअभिनेत्री, खलपात्र र द्वन्द्व निर्देशन तथा कथा काठमाडौं नवनिर्देशक, सहअभिनेत्री र खलपात्र, गोपी कथा र गीतकार तथा अनुराग संगीतकार र पाश्र्व गायक विधाको मनोनयमा छन्। त्यसै गरी कोहलपुर एक्सप्रेस र चंगा १÷१ विधाको मनोनयमा छन्।

निर्देशक विधामा नम्बर बराबर भएका कारण उत्कृष्ट ६ को मनोनयमा सूची सार्वजनिक गरिएको छ। त्यसै गरी हास्यकलाकार विधामा एउटै फिल्म रामकहानीबाट ३ केदार घिमिरे, रवीन्द्र झा र विल्सनविक्रम राई मनोनयनमा छन्। केदार घिमिरे छक्का पञ्जा–३ बाट पनि यो विधाको मनोनयमा छन्।

वसन्त सापकोटा २ फिल्मबाट संगीतकार तथा सुगम पोखरेल २ फिल्मबाटै पाश्र्व गायक, मेलिना राई ३ फिल्मबाट पाश्र्वगायिका, अञ्जु पन्त २ फिल्मबाट पाश्र्वगायिकाको मनोनयमा छन् भने कविराज गहतराज ४ फिल्मबाट कोरियाग्राफर, निमेष श्रेष्ठ २ फिल्मबाट सम्पादन तथा एलिस कार्की ३ फिल्मबाट पाश्र्वसंगीत र मुकेश शाह ३ फिल्मबाट ध्वनि मिश्रणको मनोनयमा परेका छन्।

आयोजकका अनुसार २६ प्रतिस्पर्धात्मक विधामध्ये लोकप्रिय १४ विधामा एसएमएस भोटको समेत व्यवस्था गरिएको छ। सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, नवअभिनेता, नवअभिनेत्री, नवनिर्देशक, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्यकलाकार, संगीतकार, पाश्र्वगायक र पाश्र्वगायिका विधामा दर्शकको एसएमएस भोटबाट १० प्रतिशत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा ९० प्रतिशत अंक जोडी विजेता घोषणा गरिनेछ।

नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानका खातिर सिजी कामना फिल्म अवार्डस् आयोजनालाई अगाडि सारेका श्रद्धेय प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको दुःखद निधनका बीच कामना प्रकाशनले उनले देखेको सपना पूरा गर्न यस वर्ष पनि यो अवार्ड कार्यक्रम आयोजनालाई निरन्तरता दिने निर्णय गरेको हो।

निरन्तर भव्य र सभ्य अवार्ड आयोजना गर्न सकिए अवार्ड आयोजक समितिका निर्देशकसमेत रहेका श्रेष्ठप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पब्लिकेसन्स्ले लिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्