ओलीको अधिकार कटौती गर्नुपर्ने नेपालको माग



काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टीका पछिल्ला निर्णयमा असहमति जनाउँदै आएकाछन् । नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकार कटौती गर्नुपर्ने खालको मत राखेका हुन् ।

नेपालले अध्यक्षहरुबाटै एक व्यक्ति एक पदको व्यवस्था लागू हुनुपर्ने सात बुँदे नोट अफ डिसेन्ट राख्दै यस्तो प्रस्ताव गरेका हुन् ।

पार्टी नेताहरुलाई जिम्मेवारी प्रदान गर्ने सन्दर्भमा वरिष्ठता र योग्यतालाई वेवास्ता गर्दै विना मापदण्ड जिम्मेवारीका खात लगाएकाले यस्ता जिम्मेवारी कटौती गर्नुपर्ने नेता नेपालको असहमतिपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्