१० प्रतिशतले इन्धन खपत बढ्यो



काठमाडौं । एक वर्षमा करिब १० प्रतिशतले इन्धन खपत बढेको छ ।
सवारी साधन प्रयोगकर्ता, हवाई उडान र ग्यास प्रयोगकर्ताको संख्या वृद्धि हुँदा खपत बढेको हो ।

आर्थिक वर्ष २०७४।७५ मा २६ लाख ६९ हजार पाँच सय ६१ किलोलिटर इन्धन खपत भएकोमा गत आर्थिक वर्ष २०७५।७६ मा २९ लाख ३० हजार तीन सय ५४ किलोलिटर बिक्री भएको नेपाल आयल निगमले जनाएको छ ।

डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यासको खपत वृद्धि औसतमा ९.७६ प्रतिशत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्