सिंहदरबारमै आत्महत्या 



काठमाडौ, (नेस)। लामो समयदेखि सरकारी सेवामा रहेका नायव सुब्बाले आफूले सोचेजस्तो गर्न नसकेको कारण सिंहदरवारभित्र बिष सेवन गरेर आत्महत्या गरेका छन्।

काठमाडौ टौदहका स्थानीय बच्चु केसीले छोराछोरीलाई भनेजस्तो सुबिधा दिन नसकेको र अंशबण्डामा समेत आफुलाई दाजु भाईले पलेको कारण आत्महत्या गर्नु परेको सुसाइट नोटमा उल्लेख गरेका छन्।

राष्ट्रिय योजना आयोगमा कार्यरत केसी अब्बल कर्मचारीको रुपमा गनिने गरेका थिए। सोमबार बिहानदेखिनै अस्वभाविक रुपमा देखिएका उनले सेल्फस नामक ट्यावलेट सेवन गरेर कार्यालयभित्र नै आत्महत्या गरेका गरेका हुन्।

सरकारी जागिरले परिवारलाई भनेजस्तो गर्न नसकेको र अंशबण्डामा समेत आफुलाई पेलिएको आसयको सुसाइट नोट फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो।

उनले घर परिवारलाई सुसाइट नोटमा आमाबुवालाई राम्रो हेरचाह गर्न, छोराछोरीलाई उच्च शिक्षामा सहयोग गर्न श्रीमतीलाई आग्रह गरेका छन। लामो समय काम गर्दा पनि सोचेजस्तो कमाइ गर्न नसकेको सरकारी जागिरले परिवार धान्न धौ धौको अवस्था रहेको पनि उल्लेख गरेका छन्।

सोमबार अबेरसम्म कार्यालयमा रहेका केसीलाई साथीहरूले घर जान पटक पटक आग्रह गर्दा उनले  कार्यालयका केही काम गर्न बाकी रहेकाले काम सकेर मात्रै घर जाने बताएका थिए।

अबेरसम्म घर नआएपछि उनलाई घरबाट पटक पटक फोन गर्दा आफु कार्यालयको काममा ब्यस्त रहेकाले अवेरसम्म आउने भन्दै फोन राखेका थिए।
पछि उनले कार्यालयमा नै धेरै काम नभएकाले घर नआउने बताउदै घरपरिवालाई सुत्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्