लामिछानेसहित ३ जनालाई पुनः ५ दिनको म्याद थप



चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता रुकु कार्कीलाई चितवन जिल्ला अदालतले पुनः ५ दिनको म्याद थप गरेको छ ।

लामिछानेसहित तीनै जनालाई आज चितवन जिल्ला अदालत उपस्थित गराई बहसपछि म्याद थप गरिएको हो । अनुसन्धानका लागि जिल्ला अदालतले यसअघि ५ दिनको म्याद दिएको थियो ।

आत्महत्या गर्नु अघि पत्रकार पुडासैनिले पक्राउ परेका तीन जनाले आफूलाई मर्न बाध्य बनाएको भन्दै भिडियो रेकर्ड गरेका थिए । उक्त भिडियो प्रहरीले फेला पारेपछि लामिछानेसहित तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्