विप्लवका ३ कार्यकर्ता पक्राउ



सल्यान । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना विद्यार्थीसहित एकजना व्यापारीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सोमबार बेलुका श्रीनगर बजारबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विद्यार्थी संगठनका जिल्ला सदस्य बागचौर नगरपालिका ५ निवासी महेशकुमार विक, शारदा नगरपालिका १३ स्यानीखाल निवासी विद्यार्थी संगठनको जिल्ला सदस्य १८ वर्षीय सुरेश भारती रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अर्काे त्रिवेणी गाउँपलिका ४ घर भइ हाल शारदा नगरपालिका १ श्रीनगरमा बसोबास गर्दै आएका २५ वर्षीय हरि केसी रहेका छन् । डिजिटल आर्टस पसल संचालन गदृै आएका केसीलाई विप्लव समूहका कार्यकर्ताको ब्यानर तथा झण्डा तैयार गरिदिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । केसीलाई अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले बताएको छ ।

उनिहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्