एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ



कञ्चनपुर । एसईई पुरक परीक्षामा अर्काेको परीक्षा दिँदै गरेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका हात्तीथलाकी लक्ष्मी धामी रहेको प्रहरीले जनाएको छ ।

धामी भीमदत्त नगरपालिकास्थित शान्तिनिकेतन माविकी छात्रा अनिता धामीको नाममा परीक्षा दिदै गर्दा पक्राउ परेकी हुन् । उनले गणित विषयको परिक्षा दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्