ज्योतिषलाई लाइसेन्सको व्यवस्था गर्न सके राज्यले करोडौं राजस्व उठाउन सक्छ : सांसद विश्वकर्मा



काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विमला विश्वकर्माले योग्यता पुगेका ज्योतिषहरुलाई पनि लाइसेन्सको व्यवस्था गर्न माग गरेकी छन् ।

ज्यातीष पेशा गरेकाले महिनामा लाखौँ कमाउने गरेको उनले बताइन् । विश्वकर्माले ज्योतिषीको पढाइ विद्यालयदेखि पीएचडीसम्म हुने गरेकाले अरु विषय जस्तै यस विषयलाई पनि अध्ययनपश्चात् लाइसेन्स दिएर व्यवस्थित गर्न माग गरेकी छन् ।

उनले भनिन् “अरु विषय पढेकाले लाइसेन्स लिएपछि मात्र आफ्नो पेशा व्यवसाय गर्न पाउँछन् । तर ज्योतिषले हालसम्म लाइसेन्स वा अधिकारपत्र बेगर आफ्नो पेशा व्यवसाय गरिरहेका छन् । यो काम यथाशिघ्र व्यवस्थित गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” ज्यातीष पेशालाई कुनै पनि निकायले निगरानी नगरेकाले विकृति फैलिएको सांसद विश्वकर्माले बताइन् ।

यसका साथै उनले ज्योतिषहरुलाई लाइसेन्सको व्यवस्था गर्न सके राज्यले करोडौं राजस्व उठाउन सक्नेतर्फ ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्