सिंहदरबारभित्रै नायब सुब्बाको शव फेला



काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबार भित्र मृत अवस्थामा फेला परेका छन् । आयोगका सुब्बा बच्चु केसी कार्यालयमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आयोगका कर्मचारिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको नजिकै सेल्फोस ट्याब्लेट र केराको बोक्रा भेटिएको छ । मृत्युको कारण अझैँ खुलेको छैन ।

घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्