प्रहरीको पेस्तोल लुटेर फरार भएका तराई मुक्ति मोर्चाका १ कार्यकर्ता पक्राउ



काठमाडौं । प्रहरीको चाइनिज पेस्तोल लुटेर फरार भएका तराई मुक्ति मोर्चाका १ कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटो गरुडा नगरपालिका २ का ४२ वर्षीय रामएकवाल सहनी रहेको प्रहरीले जनाएको छ । सहनी सोमबार गरुडास्थित झाझपुलबाट पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय हर्कटवा सर्लाहीबाट सई लवजंग चौहानको कमाण्डमा खटिएको प्रहरी टोली र भूमिगत तराई मुक्ति मोर्चाका ५ जना हतियारधारी सदस्यबीच २०६७ मंसिर १७ गते राति १० बजे भवानीपुरमा गोली हानाहान भएको थियो । उक्त गोली हानाहानमा मोर्चाका सदस्यले प्रहरीको ५४ एमएम को ठूलो चाइनिज पेस्तोल खासेर फरार भएका थिए । फरार रहेका उनीहरु कर्तव्य ज्यान मुद्दामा समेत संलग्न रहेको प्रहरीले बताएको छ ।

आवश्यक कारबाही सकिएपछि कर्तव्य ज्यान मुद्दाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइने रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्