म्याद थपका लागि लामिछानेसहित तीनै जनालाई अदालत लगियो



काठमाडौँ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता (रुकु) कार्कीलाई चितवन प्रहरीले म्याद थपका लागि अदालत पेस गरेको छ ।

अनुसन्धानका लागि जिल्ला अदालतले यसअघि ५ दिनको म्याद दिएको थियो । आज म्याद सकिएपछि अनुसन्धानका लागि थप समय लिन लामिछानेसहित तीनै जनालाई अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नु अघि पत्रकार पुडासैनिले पक्राउ परेका तीन जनाले आफूलाई मर्न बाध्य बनाएको भन्दै भिडियो रेकर्ड गरेका थिए । उक्त भिडियो प्रहरीले फेला पारेपछि लामिछानेसहित तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्