अमिताभको कलेजो २५ प्रतिशत मात्र बाकी



एजेन्सी, काठमाडौं । आजकाल ‘कौन बनेगा करोडपती’ का लागि चर्चामा भारतमा शताब्दीका महानायक भनिने अमिताभ बच्चन छन् । यो शोको ११ औं सिजन सोमबार रातीदेखि सोनी च्यानलमा सुरु भइसकेको छ । ११ औं सिजन सुरु हुनुअघि अमिताभले आफ्नो जीवनबारे केही जानकारी दिएका छन् । अमिताभले जानकारी दिएअनुसार उनको कलेजो अब २५ प्रतिशत मात्र ठिक छ । बाकी खराब भइसकसेसको छ ।

अमिताभ बच्चन एक च्यानलको कार्यक्रममा उपस्थित थिए । त्यहाँ उनले मानिसहरुले आफ्नो शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताए । उनले आफ्नो उदाहरण दिँदै भने, ‘मेरो ७५ प्रतिशत कलेजो खराब भइसक्यो । म २५ प्रतिशत कलेजोको सहाराले बाँचिरहेको छु ।

मलाई क्षयरोगका साथै विभिन्न समस्या छ । उनी ७५ वर्षका हुन् । बच्चन यो उमेरमा पनि फिट छन् र लगातार फिल्ममा काम गरिरहेका छन् । अमिताभलाई स्वास्थ्य सम्बन्धि विभिन्न समस्या छ तर उनी यी समस्यालाई कहिले पनि आफूमाथि हावी हुन दिँदैनन् ।

यो रोगबारे पहिल्यै थाहा भए यसको उपचार पनि सम्भव छ ।’

प्रतिक्रिया दिनुहोस्