गाउँ चिनाउन भलिबल हुने



पोखरा, (नेस)।  पर्यटकीय गाउँ घान्द्रुकलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ अमृत फाउन्डेसन घान्द्रुकले दोस्रो क्लब स्तरीय पुरुष ,महिला र भेट्रान्स भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ।

गाउँका युवाहरू विदेशीने क्रम बढ्दै गएसंगै घान्द्रुकलाई पर्यटकीय रुपले विकास गर्नका लागि फाउन्डेसनले प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष अमृत गुरुङले बताउनुभयो।

ग्रामीण क्षेत्रमा खेलकुदको विकास गर्ने गरी प्रचारप्रसारको लागि पोखरामा प्रतियोगिता आयोजना गर्ने भएको हो। भदौ १७ देखि हुने प्रतियोगिताको पुरुषतर्फको विजेता तथा उपविजेताले क्रमशः ६० हजार, ४० हजार, महिलातर्फ २० हजार र १४ हजार र पुरुष भेट्रान्सतर्फ १५ र १० हजार रुपियाँ दिइनेछ।

 

प्रतिक्रिया दिनुहोस्