चर्चा रवि र छवीको



अहिले चर्चाको चुलीमा रवि र छवी छन्। रवि अर्थात् टेलिभिजन रवि लामिछाने, छवी अर्थात् चलचित्र क्षेत्रका हस्ती छवी ओझा। चर्चामा रहेका छवीलाई रविले ओझेलमा पार्या छन्। एकले अर्कालाई ओझेलमा पारे पनि दुवै खैं कति जनाको पति भएको कुरो लुकेर लुक्दैन, हत्केलाले छेकेर छेकिन्न। 

यो माम्लामा दुवैले आफैं आफ्नै छवी धमिल्याएकै हुन्। जनतासँग सिधा कुरा कार्यक्रमका प्रस्तोता रवि अहिले चितवन हिरासतमा छन्। उनीबारेका बाङ्गा कुरा भने सामाजिक सञ्जालमा छताछुल्ल छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ता वकिल, न्यायाधीश अनि प्रहरी बनेर आफूखुसी कानूनको व्याख्या गर्ने त कति हो कति भनिसाध्य छैन।  यति दिनमा रिहा हुन्छन् रवि, निर्दोष छन् उनी, हैन कठोर सजाय दिनुपर्छ यस्तै अनेक तर्कले मुलुकको राजनीति नै छाँयामा पर्लाजस्तो भइसक्यो।

रविको पक्षमा तीन करोड नेपाली भएको दाबी पनि उत्तिकै हाबी छ। जवकि नेपालको कूल जनसंख्या नै तीन करोड अझै पुग्या छैन। रविलाई चिन्दै नचिन्ने, उनको नामै नसुन्ने र उनीबारे चासो नै नराख्ने नेपालीलाई जबरजस्त किन समर्थकमा घुसाउनुपर्या होला ?

यस्तै दावी चलिरहेका बेला छवी पनि कुन दिन हिरासत पुग्ने हुन् भन्ने नेपालीको जमात पनि उत्तिकै छ। तर को रविको पक्षमा को छवीको पक्षमा छुट्याउने गाह्रो छ।

प्रतिक्रिया दिनुहोस्