जोन्सनले ब्रेक्जिट विषयमा ईयु नेतासँग वार्ता गर्ने



लन्डन (एजेन्सी)। बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पद सम्हालेपछिको पहिलो विदेश यात्राका क्रममा बे्रक्जिट मामिलामा युरोपेली संघका नेतासँग गम्भीर छलफलको तयारीमा रहेको बताइएको छ। उनले ईयु नेताहरूलाई नयाँ ब्रेक्जिट सम्झौताको आवश्यकतामा जोड दिने बताए।

पधानमन्त्री जोनसन बुधबार जर्मन चान्सलर एन्जिला मर्केलसँग भेटवार्ताका लागि बर्लिनको यात्रामा जाने र बिहिबार पेरिसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग भेट्ने अनुमान गरिएको छ। जोनसनले यसअघि बेलायतले अक्टोबर ३१ मा ईयु सम्झौतासहित वा बिना कुनै सम्झौता छोड्नेमा जोड दिएका थिए।

यद्यपि डाउनिंग स्ट्रिटका अधिकारीले फ्रान्स र जर्मनीमा बैठकका क्रममा ब्रेक्जिटका विषयमा अत्यन्त कम चर्चा हुने बताएका छन्। यसैबीच लेबोर नेता जेरेमी कोर्बिनले सांसद्सँग बिना सम्झौतानको ब्रेक्जिट रोक्नका लागि मिलेर कामगर्न आह्वान दोहोर्याएका छन्।

 

प्रतिक्रिया दिनुहोस्