मोबाइल फोन र सामाजिक सञ्जालले बढायो बालविवाह



नेपाल समाचारपत्र, पर्वत । बालविवाह रोक्न अपनाउनुपर्ने सावधानीका बारेमा छलफलमा जुटेका जिल्लाको मोदी गाउँपालिकाको विभिन्न पाँच विद्यालयका बालबालिका, शिक्षक र अभिभावकले सामाजिक सञ्जाल र मोबाइल फोनबाट बालबालिका टाढै बस्नुपर्ने सुझाव दिएका छन्।

बालविवाह रोक्न पर्वतको मोदी गाउँपालिकामा भएको छलफल कार्यक्रमका सहभागीहरूले सामाजिक सञ्जाल र मोबाइलका कारण बालविवाह बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

सामाजिक सञ्जाल र मोबाइलको प्रयोगले धेरै नयाँ कुरा सिक्न र एकआपसमा सम्पर्क स्थापित गर्न सहयोग पनि गरेको छ तर यही मोबाइल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले समाजमा बालविवाह बढाएको भन्दै सरोकारवालाले चिन्ता जनाउन थालेका हुन्।

पछिल्लो समय सामजिक सञ्जालको प्रयोगले धेरैजसो बालबालिका आफूखुशी विवाह गर्ने प्रचलन बढेको जननेत्र माविका प्रधानाध्यापक दीपक शर्माले बताउनुभएको छ। ‘पहिला अभिभावककोे करकापमा परेर विवाह गर्थे।

 

भुक माविका छात्र नारायण परियारका अनुसार दलित र जनजाति समुदायमा १५ वर्ष नपुग्दै छोरीको विवाह गर्ने चलन अझै कायमै रहेको छ। ‘दलित र जनजाति समुदायका अभिभावक खासै पढेलेखेका अझै छैनन्’ उहाँले भन्नुभयो– ‘छोराछोरीको विवाह गरिदिए परिपक्व हुन्छन् भन्ने भ्रमले सानैमा विवाह गरिदिन्छन्।’

अहिले अवस्था फेरिएको छ’ प्रधानअध्यापक शर्माले भन्नुभयो– ‘सानै उमेरमा फेसबुकमा कुराकानी गर्छन्। दश कक्षा नपढ्दै विवाह हुन्छ।’ यस्तो प्रवृत्तिले सामाजिक सञ्जालको दुरुपयोग मात्रै नभएर सामाजिक संरचनामा समेत खलल् पुगेको हुँदा बालबालिकालाई यसको प्रयोगबाट टाढै राख्नुपर्ने सुझाव शर्माको छ।

बालविवाह बढेको भन्दै मोदी गाउँपालिकामा बालबालिका नै सामुहिक छलफल ‘कचहरी’ मार्फत यसका विरुद्ध अभियानमा छन्। विद्यार्थीहरू बालविवाहविरुद्ध बनेका कानून, कसुरदारलाई हुने सजायँबारे गाउँगाउँ र घरघरै खुल्ला बहस चलाउन आवश्यक रहेको भन्दै अभियानमा छन्।

बालबालिकाले बालविवाह विरुद्ध लाग्न ढिलाई गर्न नहुने निष्कर्ष निकालेका छन्। भुक माविका छात्र नारायण परियारका अनुसार दलित र जनजाति समुदायमा १५ वर्ष नपुग्दै छोरीको विवाह गर्ने चलन अझै कायमै रहेको छ। ‘दलित र जनजाति समुदायका अभिभावक खासै पढेलेखेका अझै छैनन्’ उहाँले भन्नुभयो– ‘छोराछोरीको विवाह गरिदिए परिपक्व हुन्छ भन्ने भ्रमले सानैमा विवाह गरिदिन्छन्।’

कुल विवाहमा ३७ प्रतिशत बालविवाह, ६१ प्रतिशत मागीविवाह, ६ प्रतिशत परिवारको दबाबबाट तथा ३३ प्रतिशत भागीविवाह हुने गरेको शिक्षाका लागि सामुहिक अभियान पर्वतका अध्यक्ष राजेन्द्र पहाडीले जानकारी दिनुभयो। पहाडीका अनुसार विभिन्न तथ्याङ्कलाई आधार मान्दा पर्वतमा अहिले करिब ३७ प्रतिशत किशोरी आमा बन्न पुगेको भेटिएको छ।

 

प्रतिक्रिया दिनुहोस्