दुईको मृत्यु



वीरगन्ज, (नेस)। पर्सामा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्य भएको छ।

प्रहरीका अनुसार वीरगन्ज–१६ इनर्वा भन्सारनजिक भारतबाट नेपालतर्फ आउँदै गरेको एचआर ३८ भी नम्बरको भारतीय कन्टेनरका चालक भारत उत्तर प्रदेश ईटहवा जिल्ला भरतपुर खुर्द बस्ने करिब ४५ वर्षीय अवधेश सिंह भन्सार कटाउन लाइनमा बसिरहेको अवस्थामा अचानक हृर्दयघात हुँदा उपचारका लागि नारायणी अस्पताल वीरगन्जमा लानेक्रममा आइतबार राति मृत्यु भएको हो।

यसैबीच वीरगन्ज महानगरपालिका–१४ एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी छन्। गहुँमा लगाउने विष खाएर गम्भीर बिरामी भएकी २८ वर्षीया अप्सना खातुनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

विष सेवन गरेकी अप्सनालाई उपचारका लागि स्थानीय गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

पर्सा प्रहरी र गण्डकबाट खटिगएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान शरू गरेको छ। मृतकको शवलाई भने वीरगन्जको नारायणी अस्पतालमा पोस्टमार्टम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्