प्रहरीको सक्रियता गाँजा नष्टदेखि फलफूल रोपणसम्म



नेपाल समाचारपत्र,पूर्वी नवलपरासी। पूर्वी नवलपरासी प्रहरीले मानव स्वास्थ्यलाई ध्यानमा राख्दै २ हजार ५ सय गाँजाका बोट नष्ट गरेको छ भने पर्यावरण संरक्षणका लागि १ सय १२ फलफूलका बोट रोपण गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्व (पूर्वी नवलपरासी) ले आइतबार आफ्नो त्रैमासिक कार्य सम्पादन विवरण सार्वजनिक गर्दै गैडाकोटबाट १ सय २५ लिटर अबैध घरेलु मदिरा नष्ट गर्नुका साथै सार्वजनिक स्थलमा मापसे गरी होहल्ला गर्ने सात जनालाई पक्राउ गरी ७ हजार रुपियाँ जरिबाना गरिएको बताएको छ।

पूर्वी नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले आइतबार हुप्सेकोट गाउँपालिका–४ मा गाउँपालिका प्रमुख लक्ष्मी पाण्डे, प्रजिअ विष्णुकुमार कार्कीसहित सयौं सर्वसाधारणमाझ नागरिक सुनुवाइ गरी प्रगति सार्वजनिक गर्दै नदीजन्य पदार्थ उत्खनन्मा संलग्न एक ट्रिपर र २२ ट्याक्टरलाई चालकसहित पक्राउ गरी ३ लाख ५५ हजार जरिवाना गरिएको र गैडाकोट तथा कावासोतीमा जुवा खेल्दै खेलाउँदै गरेका १९ जनालाई पक्राउ गरी उनीहरूबाट १ लाख ६२ हजार ७ सय रुपियाँ बरामद गरेको बताउनुभएको छ।

प्रहरीले उक्त त्रैमासिक अवधिमा नागरिकता ८१, भारतीय पेन्सन ३३ तथा मानव अंग प्रत्यारोपण सम्बन्धी एकसमेत १ सय १५ वटा मुचुल्का गर्नुका साथै सीआरएस अभिलेख हेरी ३ सय १७ जनालाई चालचलन प्रतिवेदन प्रदान गरिएको जनाएको छ।

 

त्यसै गरी जिल्लाका विभिन्न स्थानबाट हराएका १५ महिला, १ बालक तथा १० बालिका फेला परेका छन् भने विभिन्न अपराधमा संलग्न रही फरार ११ जनालाई पक्राउ गरी २ वर्ष १ महिना कैदसहित २ लाख २७ हजार ९ सय ४६ जरिवाना असुल गरिएको जनाइएको छ।

त्यस्तै समुदाय प्रहरी साझेदारी कार्यक्रममा प्रहरीले लागूऔषध, महिला हिंसा, सवारी दुर्घटना, मानव बेचबिखन, महिला, बालबालिका तथा वृद्धवृद्धाविरुद्ध हुने हिंसा नियन्त्रण सम्बन्धी ५२ वटा चेतनामूलक कार्यक्रमहरू सम्पन्न गर्नुका साथै शान्ति सुरक्षासम्बन्धी ५ सय २२ वटा उजुरीमाथि कारबाही गरिएको पूर्वी नवलपरासी प्रहरीको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यसै गरी जिल्लाका विभिन्न स्थानबाट हराएका १५ महिला, १ बालक तथा १० बालिका फेला परेका छन् भने विभिन्न अपराधमा संलग्न रही फरार ११ जनालाई पक्राउ गरी २ वर्ष १ महिना कैदसहित २ लाख २७ हजार ९ सय ४६ जरिवाना असुल गरिएको जनाइएको छ। यसै गरी लागूऔषध अपराधअन्तर्गत ३८ जनालाई पक्राउ गरी उनीहरूबाट ८ हजार २ सय ८७ थान एम्पुल, १ हजार ६१ थान ट्याब्लेट, ६२ थान स्पास्मो बरामद गरेको प्रहरीको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्रैमासिक कार्यसम्पादन विवरण सार्वजनिकीकरण कार्यक्रमा पूर्वी नवलपरासी प्रहरीले चोरी कार्यमा संलग्न रहेको अभियोगमा पाँच, बहुविवाहको अभियोगमा दुई महिलासहित चार, जबरजस्ती करणीको अभियोगमा दुई, जुवामा १९, आगजनीमा एक र बालयौन दुराचारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गर्र्नुका साथै ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ४ सय १७ सवारीलाई कारबाही गरी २६ लाख ६७ हजार रुपियाँ जरिवाना असुल गरेको र अबैध भन्सार चोरी निकासीका सामान पक्राउ गरी १ लाख ४७ हजार ७ सय १० राजस्व संकलन गरेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्