लागूऔषध नियन्त्रणका लागि अन्तरक्रिया



नेपाल समाचारपत्र, लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत लागूऔषध नियन्त्रणका लागि औषधि व्यवसायीबीच अन्तरक्रिया सम्पन्न गरेको छ।

लमजुङको सदरमुकाम बेसींशहरको बजार क्षेत्रमा सञ्चालित औषधि व्यवसायीहरूको समस्या बुझ्न तथा लागूऔषध बिक्रीवितरण दुरुत्साहनका लागि अन्तरक्रिया गरिएको प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङले बताउनुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले सञ्चालन गर्दै आएका गतिविधि तथा औषधि व्यवसायीका समस्याबारे जानकारी आदानप्रदान गरिएको थियो।

उहाँले सामाजिक विकृति विसंगतिविरुद्धको अभियानमा प्रत्येक नागरिकको भूमिका अपरिहार्य हुने भन्दै औषधि व्यवसायीलाई यस अभियानमा हातेमालो गर्न आग्रह गर्नुभयो।

समाजमा लागु औषध दुव्र्यसनीको संख्या बढिरहको अवस्थामा लागूऔषध विक्री वितरण दुरुत्साहनका लागि औषधि व्यवसायीले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको औषधि व्यवसायी संघ लमजुङका महासचिव ईश्वर जोशीले बताउनुभयो। कार्यक्रममा २५ जना औषधि व्यवसायीको सहभागिता रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्