चट्याङ लागेर वृद्धाको मृत्यु



धादिङ, (नेस)धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका–३ पोखरामा चट्याङ लागेर एक जना वृद्धाको मृत्यु भएको छ।

पोखरा गाउँकी धनकुमारी गुरुङको मृत्यु भएको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिनुभएको हो।

गोठालो गई गाईवस्तु लिएर घर फर्कन लाग्दा जंगलमा परेको चट्याङले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो। अधिकारीका अनुसार चट्याङबाट गाईवस्तुलाई भने केही नभएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्