दलित पत्रकार संघको संयोजकमा विक



रामेछाप, (नेस)। रामेछापमा दलित पत्रकार संघ गठन भएको छ। रामचन्द्र विकको संयोजकत्वमा ९ सदस्यीय समिति रहने गरी हालै संघको गठन गरिएको छ। जिल्लामा बसेर विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा काम गर्ने दलित पत्रकारको भेलाले विकको संयोजकत्वमा दलित पत्रकार संघ रामेछाप गठन गरेको हो ।

संघको सह–संयोजकमा लेखबहादुर विक, सदस्यहरूमा क्रमशः गम्भीर विक, नवराज विक, निर्मला नेपाली, मिलन विक, ईश्वर धौलाकोटी, विन्दा तोलाङ्गे र सुवास नेपाली रहेका छन्।

कलमको माध्यमबाट समाज परिवर्तनमा लागेका जिल्लाका दलित पत्रकारले दलित समुदायमा हुने गरेका विभिन्न समस्याको बारेमा साझा धारणा बनाएर विषयवस्तु उठाउन समेत सहयोग पु¥याउने गरी दलित पत्रकारहरू संगठित भएको संयोजक विकले बताउनुभयो।

संघले आगामी दिनमा दलित पत्रकारको क्षमता विकाससँगै व्यावसायिक पत्रकारितामा आफ्ना सदस्यलाई फाइदा पुग्ने किसिमका कार्यक्रम ल्याउने संयोजक विकले ताउनुभयो।
एक दशकदेखि पत्रकारितामा रहेका विक अहिले नेपाल समाचारपत्र दैनिकको जिल्ला संवाददाता रहनुभएको छ।

दलित पत्रकार संघ रामेछापको आगामी नेतृत्व ६ महिनामा सहमति गरेर आलोपालो पद्धतिमा गरिने निर्णय भएको संयोजक विकले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्