विप्लव माओवादीका कार्यकर्ताद्वारा पार्टी परित्याग



दोलखा, (नेस)। दोलखामा विप्लव माओवादीका दुई कार्यकर्ताले आइतबार पार्टी परित्याग गरेका छन्। विप्लव माओवादी दोलखाका पूर्व जनसरकार प्रमुख तथा पार्टी जिल्ला सचिवालय सदस्य दोलखा मेलुङ गाँउपालिका–३ घ्याङसुकाठोकरका नेत्रबहादुर बस्नेत र पूर्व सेक्रेटरी मेलुङ गाँउपालिका–१ पवटीका राजन धनुकले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको कार्यकक्षमा पुगेर पार्टी परित्यागको घोषणा गरेका हुन्।

उनीहरूले विप्लव माओवादीले लिएको विचारधारा, सैद्धान्तिक धरातल, व्यवहार र गतिविधिले राष्ट्र र समाजलाई फाइदा पुग्ने नदेखिएकोले आफूले उक्त पार्टी परित्यागको घोषणा गरेको निवेदनमा उल्लेख गरेका छन्।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कानुनविपरीतको गतिविधि गर्ने जोकोहीलाई नियन्त्रणमा लिइने भएकोले सबैले मुलुकको संविधान र ऐन, कानुनको अधीनमा रहेर आफ्ना गतिविधि सञ्चालन गर्न अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्