१८ कर्मचारी छड्केमा



लमजुङ, (नेस) । लमजुङमा गरिएको सरकारी कार्यालयको हाजिरी छड्केमा छ जना अधिकृतसहित १८ कर्मचारी अनुपस्थित फेला परेकाछन्। जिल्ला प्रशासन कार्यालयले गरेको छड्केमा उनीहरू गैरहाजिर फेला परेका हुन्।

जिल्ला प्रशासन कार्यालयबाट जिल्ला सदरमुकाममा रहेका १२ वटा कार्यालयमा छड्के गरिएको सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताउनु भयो। उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयबाट एकै पटक १२ सरकारी कार्यालयमा छड्के गरिएको थियो। सोक्रममा ६ जना अधिकृत र १२ सहायकस्तरका कर्मचारी छड्केमा परेका हुन्।

छड्केको समयमा सात जना कर्मचारी बिना पोशाकमा भेटिएको पनि शाहीले बताउनुभयो। उहाँका अनुसार सबैलाई स्पष्टीकरण सोध्ने र विभागीय कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गरिनेभएको छ। लमजुङमा प्रशासनबाट धेरै वर्षपछि सरकारी कार्यालयहरूमा छड्के गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्