सिसडोल पीडितलाई क्षतीपुर्तिको दायरा बढाउन सुझाव



????????????????????????????????????
बीरेन्द्र रिमाल,काठमाडौं।   सिसडोल ल्याण्डफिल साइट अति प्रभावित स्थानीयवासीको क्षतिपुर्तिको दायरा बढाउनुपर्ने प्रतिवेदन तयार भएको छ। सिसडोल ल्याण्डफिल साइटको समस्या समाधान गर्न गठित कार्यदलले सो प्रतिवेदन सरकार र महानगरपालिकालाई पेश गर्ने भएको छ।

समितिले सो प्रतिवेदन हालै सार्वजनिक गरेको हो।  काठमाडौं र ललितपुर महानगरपालिका सहित १८ स्थानीय निकायको फोहोर व्यवस्थापन हुदै आएको सिसडोल ल्याण्डफिल साइटको अवधी समाप्त भएको वर्षौ बितिसक्दापनि सोही क्षेत्रमा अझै फोहोर व्यवस्थापन हुदै आएको छ।

१४ वर्षदेखि एउटै स्थानमा फोहोर व्यवस्थापन गर्दा गम्भीर समस्या देखिएपछि कार्यदल बनाएर प्रतिवेदन तयार गरेका हौ–कार्यदलका सदस्य सचिव एवं कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरीकुमार श्रेष्ठले भन्नुभयो।

प्रतिवेदनमा  हाल ३ सय मिटर भित्र दिदै आइरहेको अन्न वालीको क्षतिपूर्तिलाई दायरा फराकिलो पारी ५ सय  मिटर सम्मको क्षेत्र तोक्नु पर्ने ,९ सय  मिटर  भित्र दिईदै  आइरहेको घर र टहराहरूको  क्षतिपूर्ति  बढाएर १ हजार ५ सय मिटर सम्मको क्षेत्र तोक्नु पर्ने उल्लेख छ।

स्थानीयले पटक पटक क्षतिपुर्तिको दायरा बढाउनुपर्ने  माग गर्दै कामपामा ज्ञापनपत्र दिदै आएका थिए। सरकारले मागको सुनुवाई नगरेको भन्दै फोहोर व्यवस्थापन गर्न स्थानीयले रोक लगाएका थिए।

प्रतिवेदनमा दीर्घकालीन रुपमा फोहरमैलाको अन्तिम विर्सजन  निर्माणाधिन अवस्थामा रहेको बन्चरे डाडाँमा स्यानिटरी ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्न कामपा, धुनिबेसी नगरपालिका, ककनी गाउपालिका र प्रभावित स्थानीय वासिन्दा समेतको प्रतिनिधित्व हुनेगरी एक उच्च स्तरिय समिति गठन गरी तत्काल काम अघि बढाउनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै हाल दिदै आइरहेको मूअब्जा र क्षतिपूर्ति चालु आवदेखि  लागु हनेगरी समय सापेक्ष पनुरावलोकन हुनुपर्ने , सडकमा परेका जग्गाधनीका लगत कट्टा गरी उचित क्षतिपुर्ति दिनुपर्ने,चालु आवमा फोहोरको लिचेडलाई सिधै कोल्फु खोलामा जान नदिन ट्रिटमेन्ट प्लान्ट निर्माण गर्नुपर्ने, फोहोरमैला प्रभावित क्षेत्रका युवाहरूलाई बाँकी १८ वटा स्थानीय तहमा आवश्यक जनशक्तिको व्यवस्थापन गर्नुपर्ने,बन्चरे डाँडामा  फोहोरको व्यस्थापन भएपछि सिसडोल ल्याण्डफिल साइट पूर्ण रुपमा क्यापिङ्ग गरी फोहोरले ओगटेको क्षेत्रहरू व्यवस्थित रुपमा काडे तार लगाई हरियाली कायम गर्न वृक्षारोपण गर्नु पर्ने  विषय उल्लेख गरिएको छ।

 कामपा–१२ का वडा अध्यक्ष विकास डंगोलको संयोजकत्वमा गठित समितिले   विगत लामो समय सम्म गोकर्ण स्यानिटेशन ल्याण्डफिल साइटको क्लोजअफ पछि काठमाडौ उपत्यकाको फोहोरकोे अन्तिम विसर्जन सिसडोलमा रहेको ४ सय ३२ रोपनी जग्गामा गरिदै आएको छ ।

अब सिसडोलबाट  करिब २ किमी टाढा बन्चरे डाँडाको तत्काल व्यवस्थापन गरी फोहोरको अन्तिम व्यवस्थापन गर्नुपर्ने देखिएको छ। बञ्चरे डाडाको क्षेत्रफल १ हजार ८ सय ९२ रोपनी  छ। सो जग्गा सरकारले अधिग्रहण गरिसकेको छ।  समितिले सोही स्थानमा फोहोर व्यवस्थापन गर्न सिफारिस गरेको सदस्य सचिव श्रेष्ठले बताउनुभयो।ंंं

हाल उपत्यकामा दैनिक १ हजार ४५ मेट्रिक टन सिसडोलमा व्यवस्थापन हुने गरेको छ। समितिले आव ०७५÷०७६ मा दीर्घकालिन फोहोर व्यवस्थापन गर्न सरकारले चालु आवमा बन्चरे सम्मको करिब २ किमी सडक पिच गर्ने जिम्मा लिएतापनि हालसम्म सन्तोषजनक प्रगति नभएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्