बन्धक बनाई युवा कुटिए



मोरङ, (नेस)।मोरङको बूढीगंगा गाउँपालिका एक युवा बन्धक बनाएर पाशविक ढंगले निर्घात कुटिएका छन्। घटनामा संलग्न पीडक युवाले यातना दिनेक्रममा बनाएको भिडियो बाहिरिएपछिपछि घटना सार्वजनिक भएको हो।

बूढीगंगा–४ पोठियाका १७ वर्षीय युवा मोहम्मद नौशादलाई छिमेकमै बस्ने आपराधिक प्रवृत्तिका युवाको समूहले बन्धक बनाएर कुटपिट गरेका हुन्। कुटपिट गर्नेक्रममा ती यूवाले नौशादलाई दिएको यातनाको भिडियोसमेत बनाएको खुलेको छ।

स्थानीय २२ वर्षीय सादिर मियाँ, २० वर्षीय अन्सद मियाँ, २१ वर्षीय आकिप मियाँ र १८ वर्षीय अफजल मियाँले पीडित युवा नौशादलाई घर नजिकैको बाँस झ्याँङमा लगेर बेल्ट र बुटले निर्घात कुटपिट गरेको पीडित पक्षले जनाएको छ।

कुटपिट गर्नेमध्येका अफजल मियाँले बनाएको भिडियो बाहिरिएपछि घटना सार्वजनिक भएको हो। साउन ३० गते बिहीबार घरमै लुगा धोएर बसिरहेका बेला पीडकमध्येका अफजलले घरबाटै बोलाएर बन्धक बनाएर कुटपिट गरेको जानकारी दिए।

साँझ ५ बजे घरबाट बोलाएर लगेका उनीहरूले ७ बजेसम्म कुटपिट गरेको र पछि त्यहीँ छाडेर भागेर गएको पीडित युवाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्