जम्मु–कश्मीर समस्याको निकास वार्ताबाट



काठमाडौं, (नेस)।  भारतले जम्मु–कश्मीरमाथि चालेको पछिल्लो कदमबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला सो विषयमा वार्तामार्फत निकास खोज्नुपर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभएको छ।

परराष्ट्रमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कश्मिर घटनाक्रमबारे नेपालले नजिकबाट नियाली रहेको विचार व्यक्त गर्नुभयो।

भारतीय पछिल्लो कदम र त्याहाँ रहेका नेपालीको सुरक्षाबारे सरकारले चासो लिइरहेको बताउँदै ज्ञवालीले सञ्चारकर्मीहरूसँग भन्नुभयो– ‘कश्मीरमा नेपालीहरू सुरक्षित रहेको जानकारी पाएका छौँ, यसबारेमा दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारसँग सहकार्य गरिरहेको छ।’

जम्मु–कश्मीरमा करिब ८० हजार नेपाली नागरिक रहेको अनुमान गरिएको छ। सो जमघटमा बोल्दै ज्ञवालीले द्विपक्षीय बार्ताबाट सो क्षेत्रमा शान्ति र स्थायित्व हुने नेपालको विश्वास रहेको बताउनुभयो।

वार्ताबाट शान्ति कायम गर्ने प्रयत्नलाई नेपालले प्रोत्साहन गर्ने उहाँको भनाइ थियो। जम्बु कश्मीरका कारणले सार्क संगठन निस्कृय गराउन नहुने मन्त्री ज्ञवालीको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्