प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं, (नेस)।  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। उहाँले प्रधानमन्त्री भएपछि पहिलो पटक सर्वदलीय बैठकको आह्वान गर्नुभएको हो।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद्मा प्रतिनिनिधित्व गर्ने सबै राजनीति दलहरुलाई बोलाइएको छ।

समसामयिक विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो।

प्रधानमन्त्रीले सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी चयन, विकास निर्माणलगायतका विषयमा छलफल गर्न बैठक बोलाउनुभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्