गोर्खा ब्रुअरी कर प्रकरण न्यायाधीशद्वारा राजीनामा



नेपाल समाचारपत्र, काठमाडौं।  उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले न्यायपरिषद्मार्फत राजीनामा दिनुभएको छ।

गोर्खा ब्रुअरीको अन्तशुल्क विवाद प्रकरणमा क्षेत्राधिकार मिचेको विषयमा छानविनमा तानिनुभएका उहाँले परिषद्मार्फत प्रधानन्यायाधीशसमक्ष राजीनामा दिनुभएको छ।

परिषद्ले अधिकारीसहित नरबहादुर शाही र रामचन्द्र यादवलाई काजमा राखेको थियो। उहाँले छानविन समितिमा आफ्नो धारणा राख्दै निष्पक्ष न्याय निरुपण गर्दागर्दै आरोप खेप्नुपरेकाले राजीनामा दिएको उल्लेख गर्नुभएको छ।

सो काण्डबारे छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लको नेतृत्वमा छानविन समिति गठन भएको थियो।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको न्यायपरिषद्को बैठकले उच्च र जिल्ला अदालतमा कार्यरत रहेका ४ न्यायाधीशमाथि विस्तृत छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्