नेपाल ट्रेड युनियन बैतडीको यूवा र महिला समितिको अधिवेशन सम्पन्न



बैतडी ।
नेपाल टे«डयुनियन कांग्रेस बैतडीले यूवा समिति र महिला समितिको अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले यूवा र महिलाको नयाँ नेतृत्व समेत चयन गरेको छ । रमेश भट्टको अध्यक्षमा १३ सदस्यीय यूवा समिति र तुलसी ठगुन्नाको अध्यक्षतामा ११ सदस्यीय महिला समिति गठन गरेको हो ।

यूवा समितिको उपाध्यक्षमा विनोदसिंह बिष्ट, महिला उपाध्यक्षमा भागरथी भट्ट, सचिवमा दीपक जाग्री, सहसचिवमा लक्ष्मण विक, कोषाध्यक्षमा देवबहादुर महरा लगायत अन्य सदस्य रहेका छन् ।

यस्तै महिला समितिको उपाध्यक्षमा माया भट्ट, सचिवमा हीरा ऐर,सहसचिवमा नीरा बोहरा, कोषाध्यक्षमा रुवी नायक लगायत अन्य सदस्यहरु रहेका छन् । ट्रेड युनियन कांग्रेस बैतडीका अध्यक्ष वसन्तप्रकाश बिष्टको अध्यक्षतामा भएको अधिवेशनमा नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रसिंह थापा प्रमुख अतिथी रहनुभएको थियो ।

अधिवेशनमा ट्रेड युनियन कांग्रेसका सुदूरपश्चिम उपाध्यक्ष घनश्याम लेखक निर्वाचन प्रतिनिधि रहनुभएको थियो । कार्यक्रममा कांगेस बैतडीका उपप्रमुख चतुरबहादर चन्द, जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टको लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्