कस्मेटिक पसल चोर्ने चार जना पक्राउ



धादिङ । खनियावास गाउँपालिका-४ किङताङफेदीस्थित कस्मेटिक पसलबाट विभिन्न सामानहरु चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेत्रावती डब्जोङ गाउँपालिका-१ बस्ने २२ वर्षीय केवल थापा मगर‚ १८ वर्षीय मिलन राना मगर‚ १८ वर्षीय मनिष थापा मगर र नेत्रावती डब्जोङ गाउँपालिका-१ बस्ने बर्दिया घर भएका २२ वर्षीय राजकुमार चौधरी रहेका छन् ।

२०७६ साउन २२ गते त्रिपुरासुन्दरी गाउँपालिका-६ आगिन्चोक बस्ने भिमसेन भण्डारीको कस्मेटिक पसलबाट नगद १० हजार रुपैयाँ‚ नेपाल टेलिकमको रिचार्ज कार्ड ५० दरको ३० थान‚ क्याप ६ पिस‚ रुमाल १० पिस‚ हापकट्टु ३ पिस‚ टिसर्ट ६ पिस‚ हेण्डीप्लास्ट टेप १ डिब्बा‚ ३ सय ५० दरको डिसहोमका रिचार्ज कार्ड ८ थान‚ एनसेलको १ सय दरको रिचार्ज कार्ड १५ थान लगायतका सामानहरु चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पक्राउ परेकाहरु उपर चोरी मुद्दामा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्