गोर्खा व्रुअरी कर प्रकरणः न्यायाधीश अधिकारीद्वारा राजीनामा



न्युज अफ नेपाल, काठमाडौं ।

उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले न्याय परिषदमार्फत राजीनामा दिनुभएको छ ।

गोर्खा ब्रुअरीको अन्तशुल्क विवाद प्रकरणमा क्षेत्राधिकार मिचेको विषयमा छानबिनमा तानिनु भएका उहाँले परिषद् मार्फत प्रधानन्यायाधीश समक्ष राजीनामा दिनु भएको छ ।

परिषद्ले अधिकारी सहित नरबहादुर शाही र रामचन्द्र यादवलाई काजमा राखेको थियो ।

उहाँले छानबिन समिति छानवीन समिति आफ्नो धारणा राख्दै निष्पक्ष न्याय निरुपण गर्दागर्दै आरोप खेप्नुपरेकोले राजीनामा दिएको उल्लेख गरिएको छ ।

सो काण्डबारे छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको न्यायपरिषदको बैठकले उच्च र जिल्ला अदालतमा कार्यरत रहेका ४ न्यायाधीशमाथि विस्तृत छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।

गोर्खा ब्रुअरी कम्पनीका नाममा आन्तरिक राजस्व कार्यालय, भरतपुरले निर्धारण गरेको अन्तः शुल्कको विषयमा कम्पनी क्षेत्राधिकार भन्दा बाहिरको अदालतमा गएको र अदालतले क्षेत्राधिकार मिचेर आदेश दिएको भन्ने बिषयमा परिषदले छानविन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्