थुप्रै मुलुकका चिकित्सक नेपालमा भेला हुदै



Doctor avatar icon. Profession logo. Male character. A man in professional clothes. People specialists. Flat simple vector illustration.

काठमाडौ । विश्वका विभिन्न मुलुकको चिकित्सा शिक्षा, शैक्षिक कर्जा र आवास व्यवस्थाबारे नेपालमा पहिलोपटक ‘मेडिकल एजुकेसन करियर एक्स्पो, २०१९’ हुने भएको छ ।

‘वाइड रेन्ज कन्सल्टेन्सीले भदौ ४ र ५ गते काठमाडौँमा आयोजना गर्न लागेको सो मेलामा नेपालसहित बङ्गलादेश, चीन, भारत, फिलिपिन्स, रुस, युक्रेन, उज्वेकिस्थान, जर्जिया, मरिसस्लगायत मुलुकका सम्बन्धित विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन् ।

सो कन्सल्टेन्सीका प्रमुख सुदीप नायकका अनुसार मेलामा विद्यार्थीका लागि प्रवेशाज्ञा प्रक्रिया र सिटिजन्स बैंकले प्रदान गर्ने शैक्षिक कर्जाका बारेमा पनि परामर्श दिइनेछ । उहाँले ती विश्वविद्यालयले दिन सक्ने छात्रवृत्ति र शैक्षिक भ्रमणका सम्बन्धमा पनि मेलामा जानकारी गराइने बताउनुभयो । मेलामा पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्