नेपाली काँग्रेसमा अनुशासनको संकट: सभापति देउवा



यमलाल भुसाल, बुटवल ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीभित्र अनुशासनको संकट रहेको बताउनु भयो ।

उहाँले पार्टीका बैठकमा एउटा कुरा गर्ने वाहिर मिडियामा अर्कै कुरा गर्ने ,पार्टीको विधान विपरित वोल्न कसैलाई पनि छुट नभएको भन्दै अनुशासन पालना गर्न सवै नेताहरुलाई आग्रह गर्नु भयो ।

नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा सोमवार रुपन्देहीको भैरहवामा आयोजित नेपाली काँग्रेस प्रदेश ५ का महाधिवेशन प्रतिनिधीहरुको प्रशिक्षण कार्यक्रममा वोल्दै सभापति देउवाले पार्टीमा गलत गर्नेलाई कारवाही र राम्रो गर्नेलाई प्रोत्साहन जरुरी रहेका औल्याउनु भयो ।

सभापति देउवाले सवैभन्दा बढीसमावेशी पार्टी नेपाली काँग्रेस भएपनि चुनावमा जित हासिल गर्न नसक्ने केवल समावेशीका नाममा चुनाव जितिन्छ भन्ने भावना त्याग्न पनि आग्रह गर्नु भयो । पार्टीकोआगामी नेतृत्व तर्फ ईन्गीत गदै सभापति देउवाले प्रतिष्पर्धामा आउपछि जस्ले बढीमत ल्याउछ उसैले नेतृत्व समाल्ने अवसर पाउने स्पष्ट पार्नु भयो ।

सभापति देउवाले वर्तमान दुई तिहाईको दम्भ वोकेको सरकारले गरेका असंवैधानिक कामका विरुद्ध पार्टी एकजुट भएर लाग्न जरुरी रहेको खुलासा गर्नु भयो । सरकार प्रजातन्त्र र लोकतन्त्रलाई समाप्त पार्ने दिशामा उद्धत भएको आरोप लगाउदै उहाँले संवैधानिक अधिकारलाई कुन्ठित गरेर जनताले पाएका मौलिक अधिकार हनन भैरहेकोमा सरकारको कडा टिप्पणी गर्नु भयो । उहाँले जताततै करैकर लगाएर सरकारले उद्योगी व्यवसायीहरुलाई क्रासमय बनाएको बताउदै सरकार विरुद्ध आन्दोलन गर्न पर्ने अवस्था श्रृजना नर्गन आह्वान गर्नु भयो ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनुशासित, मर्यादित र जनताको भरोसाको पार्टीका रुपमा नेपाली काँग्रेसलाई अगाडी बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले पार्टी भित्र गुट उपगुट र नेता मुखी नभई सच्चा नेपाली काँग्रेस हुनु पर्नेमा जोड दिनु भयो ।

हरेक क्षेत्रमा दुई तिहाईको दम्भ वोकेको सरकारले विकास र समृद्धि दिन नसकेको र जनतालाई निरासा बनाएकोले नेपाली काँग्रेसले जनताको मन जितेर जनताको भरोसाको पार्टी बन्नु पर्ने धारणा राख्नु भयो । संबैधानिक र न्यायिक निकायलाई कमजोर वनाउने काममा सरकार लागेको छ भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रको मुल मर्मलाई नै समाप्त पारेर मुलुक अगाडी बढन नसक्ने दावि गर्नु भयो ।

पार्टीका उपसभापति विमलेन्द्र निधीले आगामी ३ वर्ष पछि हुने निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने गरि जनता माझ जान जरुरी रहेका औल्याउनु भयो । उहाँले सरकारले संविधान ,संघियता, समावेशीता र लोकतन्त्रलाई खतरा हुने गरि काम गरिरहेको टिप्पणी गर्नु भयो । अर्का उपसभापति विजय कुमार गच्छदारले आउदो तिन वर्ष पछि हुने निर्वाचनमा नेपाली काँग्रेसलाई मुलुकको पहिलो पार्टी जसले बनाउछ त्यसैले पार्टीको नेतृत्व समाल्नु पर्ने धारणा राख्नु भयो ।

त्यसका लागि नेपाली काँग्रेसमा वलियो एकता जरुरी रहेको पनि उहाँले औल्याउनु भयो । नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले पार्टीमा नया कार्यक्रमका साथ जनमत श्रृजनातर्फ अगाडी बढन जरुरी रहेका धारणा राखनु भयो ।

नेपाली काँग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले सरकारका काम कारवाही संविधान विरोधी र सर्वसत्तावाद उन्मुख भएको टिप्पणी गर्नु भयो । नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा महिला नेतृ पुष्पा भुसाल लगायतले वोल्दै पार्टीलाई वलियो वनाउने तर्फ नेताहरु गम्भिर हुन जरुरी रहेको औल्याउनु भयो । प्रदेश ५ का १२ जिल्लावाट सहभागिता रहेको प्रशिक्षण कार्यक्रमा २ दिनसम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्