रियलको विजयी शुरूआत



लन्डन, (एजेन्सी) । रियल मेड्रिडले १० खेलाडीमा सीमित भएर पनि यस सिजनको स्पेनीस ला लिगामा विजयी सुरुआत गरेको छ।

शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। सेल्टा भिगोको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जेमा, टोनी क्रुस र लुकास भास्क्वेजले एक–एक गोल गरेका थिए। सेल्टाका तर्फबाट इकर लोसडाले १ गोल फर्काएका थिए।

खेलको ५६औं मिनेटमा लुका मोड्रिचले रातो कार्ड पाउँदा रियल १० खेलाडीमा समेटिएको थियो। उनले सेल्टा भिगोका डेनिस सुवारेजलाई भयानक फाउल गरेका कारण रातो कार्ड आत्मसात गर्नु परेको थियो।

प्रतिक्रिया दिनुहोस्