प्रधानसेनापति ट्रफी शुरू



काठमाडौं, (नेस)। भद्रकालीस्थित जंगी अड्डाको खेल मैदानमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले समुद्घाटन गरेसँगै प्रधानसेनापति ट्रफि २०७६ खेलकुद आइतबारदेखि शुरू भएको छ।

सो प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलमा प्रतिस्पर्धा हुनेछ।  यही भदौ २५ गतेसम्म चल्ने प्रतयोगिता ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ संचालन हुनेछ।

नेपाली सेनाभित्रका खेल प्रतिभाको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् खेलाडी तयार गर्ने यस प्रतियोगिताको उद्देश्य रहेको छ।

२०६५ सालबाट शरू भएको ’प्रधानसेनापति ट्रफि’ नेपाली खेलकुद क्षेत्रको समग्र विकासको लागि कोसेढुंगा सावित भएको विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया दिनुहोस्