उच्च नतिजा रक्तकाली एजुकेसन फाउण्डेसनको पहिचान



२०३७ सालमा स्थापना भएको रक्तकाली एजुकेसन फाउण्डेसनले ह्वाइटफिल्ड इण्टरनेशनल कलेजसँगै ह्वाइटफिल्ड मावि, ह्वाइटफिल्ड स्राइन प्रि–स्कुल, ब्रुकफिल्ड ऐकेडेमी, सेन्ट्रल कलेज अफ बिजनेश म्यानेजमेन्ट (बिबिए, बिएचएम र बिएचसिएम) स्थापना गरी शिक्षा क्षेत्रमा योगदान गर्दै आएको छ। काठमाडौंको नयाँबजारमा अवस्थित यस ह्वाइटफिल्ड इण्टरनेशनल कलेजले नेपाली शिक्षा क्षेत्रमा जिम्मेवारी भूमिका निर्वाह गर्दै १० वर्षमा सफलताका साथ सञ्चालन भईरहेको छ।

यस कलेजमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन संकायमा स्नातक तह मा बिबिएस र मानविकी संकायमा स्नातक तह बिसिए सञ्चालित छ। शैक्षिक क्षेत्रमा अग्रणी भुमिका राख्दै व्यस्थापन संकाय स्नातक तह (बिबिएस)मा बोर्ड प्रथम नतिजा ल्याउन सफल भएको साथै बिबिएसमा प्रत्येक वर्ष उच्च नतिजा ल्याउन सफल यस कलेजले यसै वर्षबाट कम्प्यूटर तथा आईटि विषय अन्तर्गतको बिसिए कार्यक्रम संचालनमा ल्याएको छ।

विद्यार्थीको शैक्षिक गुणस्तरलाई उच्च राख्न टोटल क्वालिटी म्यानेजमेन्ट (टिक्यूएम) शिक्षा प्रणाली, प्रोजेक्ट वर्क शिक्षाण माध्यम साथै अन्तर्राष्ट्रिय व्यवसायिक शिक्षा प्रदान गर्ने हुदाँ, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यहाँ अध्ययन गरेका विद्यार्थीले सफलता हासिल गर्दै आइरहेका छन्।

यसका साथै विभिन्न विज्ञहरूबाट व्यक्तित्व विकाश कार्यक्रम (पिडिपि) र क्यारीयर विकास कार्यक्रम (सिडिपि) रु यस ह्वाइटफिल्ड कलेजको नियमित कार्यक्रमको रुपमा लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्