लाभांश दिन सक्ने क्षमता कस्को कति ?



नेपाल समाचारपत्र, काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ४० दशमलव १७ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ। यस्तै नेपाल बैंकले ३५ दशमलव १८ प्रतिशत, कषि विकास बैंकद्वारा २२ दशमलव ९२ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिएको छ।

गत आवको वित्तीय विवरणअनुसार निजी क्षेत्रको नबिल बैंकले ३५ दशमलव ३४ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ। अन्य बैंकहरूमा क्रमशः नेपाल इन्भेस्टमेन्ट बैंकले १० दशमलव ८१ प्रतिशत, एभरेष्ट बैंकले २६ दशमलव ९९ प्रतिशत, हिमालयन बैंकले २४ दशमलव ९३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २२ दशमलव ५० प्रतिशत, ग्लोबल आइएमई बैंकले २३ दशमलव ४७ प्रतिशत, एनएमबी बैंकले १३ दशमलव २५ प्रतिशत, प्राइम कमर्सियल बैंकले १७ दशमलव १८ प्रतिशत, एनसीसी बैंकले १७ दशमलव शून्य ९ प्रतिशत मुनाफा दिन सक्ने देखिएको छ।

यस्तै सिद्धार्थ बैंकले १८ दशमलव ५८ प्रतिशत, बैंक अफ काठमाडौंले १६ दशमलव १३ प्रतिशत, सानिमा बैंकले २० दशमलव ३२ प्रतिशत, नेपाल एसबीआई बैंकले १८ दशमलव ९० प्रतिशत, सन्राइज बैंकले १३ दशमलव ७१ प्रतिशत, माछापुच्छ«े बैंकले १६ दशमलव ३९ प्रतिशत, लक्ष्मी बैंकले १२ दशमलव ९६ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ।

यस्तै कुमारी बैंकले ११ दशमलव १३ प्रतिशत, प्रभु बैंकले १९ दशमलव ५० प्रतिशत, नेपाल बंगलादेश बैंकले १२ दशमलव ८६ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशनलले १३ दशमलव ३७ प्रतिशत, जनता बैंकले १२.१६ प्रतिशत, सेञ्चुरी कमर्शियल बैंकले ६ दशमलव ३६ प्रतिशत, मेगा बैंकले १३ दशमलव शून्य ७ प्रतिशत, एनआईसी एसिया बैंकले २४ दशमलव ३७ प्रतिशत र सिभिल बैंकले ६ दशमलव ९५ प्रतिशत लाभांश सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्