१० वर्षको प्रेमपछि बिहे सात महिनामै ब्रेक–अप



हलिउड नायिका तथा गायिका माइली साइरसले हालै आफ्नो पति लियम हेम्सवर्थका साथ सम्बन्ध विच्छेद गरेकी छिन्।

विवाह गरेको सात महिनापछि छुटिएका उनीहरूले १० वर्षको प्रेम जीवनपश्चात विवाह गरेका थिए। माइलीको प्रतिनिधिद्वारा जारी वक्तव्यमा भनिएको छ ‘माइली र लियाम दुवैजना आफू तथा आफ्नो करिअरमा बढी फोकस गर्न चाहन्छन्।’

वक्तव्यमा मानिसहरू र प्रेसलाई दुवैको गोप्यताको सम्मान गर्न अनुरोध गरिएको छ।

७ वर्ष महिनाअघि गोप्य रूपमा विवाह गरेका उनीहरूको भेट सन् २००८ मा फिल्म द लास्ट सङको सेटमा भएको थियो। त्यहीबेलादेखि नै उनीहरू एक अर्कासँग डेट गरिरहेका थिए।

 

प्रतिक्रिया दिनुहोस्