नम्रता नम्रबाट फाइटरमा



त्रिखरा, (नेस)। भटाभट फिल्म रिलिज भइरहे पनि एकादुई बाहेक अन्य फिल्म चल्न नसकेको बेलामा नायिका नै मुख्य भूमिकामा रहेको फिल्म औंलाले नै गन्न सक्ने देखिन्छ।

यस्तै मुख्य कलाकारको भूमिकामा देखिादै छिन् नायिका नम्रता श्रेष्ठ जाइरा नामक फिल्ममा। नम्रता आगामी शुक्रबार अल नेपाल रिलिज हुने फिल्म जाइरामा फरक किसिमको भूमिकामा देखिादै छिन्। उनी यसमा मुख्य भूमिका निर्वाह गर्दै फाइटरको भूमिकामा देखिादै छिन्।

खेल क्षेत्रसाग सम्बन्धित फिल्ममा एउटा छुट्टै पात्रमा उभिएकी नायिकाले फिल्मकै लागि जिमसमेत गरिन्। कहिल्यै जिम र फिट्नेस नगएकी नम्रताले उक्त फिल्मका लागि ८ महिना जिम तथा ट्रेनिङसमेत गरिन्।

‘म जिम कहिल्यै नगएको मान्छे, शुरूमा निकै गाह्रो महशुस भयो, काम गर्न सक्दिन भन्ने समेत लागेको थियो’ नायिका श्रेष्ठले पोखरामा आयोजित पत्रकार सम्मेलनमा भनिन् ‘म कुनै तरिकाले जाइरा देख्दिन, केही गर्दा पनि फाइटर नदेखिएपछि ८ महिना ट्रेनिङ गरो।

ट्रेनिङ गरेपछि रमाइलो लाग्यो। नेपालमा एमएमडी फाइट नौलो रहेको छ। एउटा महिला फाइटरका रूपमा पर्दामा देख्दा अनौठो लाग्ला तर काठमाडौंमा यो फाइटको प्रतियोगिता हुन थालेको छ। जाइरा एक्सन फिल्म हो। फिल्मले दर्शकको मन जित्ने विश्वास लिएको छु।’

फिल्मको निर्मातासमेत रहेकी नम्रताले फिल्म नचल्नुको कारण राम्रो बन्न नसकेर हो भन्ने निक्र्यौल निकाल्दै भिन्न विषयवस्तुमा जाइरा निर्माण गरेको दाबी गरिन्।

उनले ५ वर्ष लगाएर फिल्मको स्क्रिप्mट तयार भएको बताइन्। नम्रताले अरूले हिम्मत नगरेकाले आफूले एक्सन फिल्म बनाउन हिम्मत गरेको बताइन्।
फिल्ममा जाइराको प्रशिक्षकको भूमिकामा रहेका पोखराकै अर्का कलाकार सम्राट मगरले आफूले गरेको अभिनय आप्mनै जीवनको यथार्थ भएको बताए।

‘म फिट्नेस सेन्टरको प्रशिक्षक नै हुा। मलाई अभिनय गर्न आउादैन। तर मैले हरेक दिन जे गर्छु, जसरी गर्छु, फिल्ममा त्यही गरेको छु’ –मगरले भने।
अभिनेता प्रमोद अग्रहरिले जाइरामा आफू नेगेटिभ भूमिकामा भएकाले ट्रेलरमा केही ग्ल्यामर देखिएको प्रष्ट्याए। पत्रकार सम्मेलनमा नम्रतासागै अभिनेता प्रमोद अग्रहरी, कलाकारहरू सुजिता श्रेष्ठ र सम्राट मगरलगायत रहेका थिए।

फिल्मको प्रमोसनका सिलसिलामा टम्बल विड ब्यान्डले पोखरामै जाइराको ओरिंिंजनल साउन्ड ट्र्याक जिन्दगीको खेलको प्रस्तुति दिएको छ।

ब्यान्डले फिल्मको ओएसटी प्रस्तुत गरेको हो। ओएसटी इन्टरनेटमा भने केही दिनमा सार्वजनिक गरिनेछ। आशुतोष राज श्रेष्ठले निर्देशन गरेको जाइरामा नम्रता श्रेष्ठ, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगरलगायतका कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्