विप्लव नेतृत्वको नेकपाद्धारा मन्दिरको जग्गा कब्जा



सरिता चलाउने, सल्यान ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सल्यानले खैरावाङ मन्दिरको जग्गा कव्जामा लिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा न ६ लान्तिमा रहेको ६ रोपनी जग्गा कव्जामा लिएको हो ।

जनपरिषदले जग्गामा भएको स्थानमा व्यानर राखेर जनयुद्धको क्रममा तत्कालिन नेकपा माओवादीले कव्जामा लिएका घरजग्गा पुनः जनपरिषदले कव्जामा लिएको उल्लेख गरिएको छ । व्यानरमा आजका मितिदेखि जनपरिषदले पनुः नियन्त्रणमा लिएको उल्लेख गरिएको छ । नियन्त्रणमा लिएको जग्गाजमिन कोही कसैले विक्री वितरण गरेमा कारवाही गरिने समेत चेतावानी दिनुभएको छ ।

नेकपा सल्यानका जिल्ला शेक्रेटरी लोकपाल केसीले पहिलो चरणमा खैरावाङ मन्दिरको जग्गा कव्जा गरिएको बताउनु भएको छ । जनयुद्धमा कव्जा गरिएका घरजग्गा थुप्रै भएको बताउदै ती सम्पूर्ण नियन्त्रणमा लिइने बताउनु भयो ।
कव्जा गरिएको मन्दिरको जग्गा वार्षिक १३ हजार भाडामा स्थानीयले खेतीपाती गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्