रणहारलाई मदन पुरस्कार, बैरागी काइँलालाई जगदम्बाश्री



काठमाडौं । यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय गरेको  छ । दुवै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो ।

पुरस्कार असोज १२ गते वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्