‘हेलो किसान’ मा किसानकै गुनासो सून्य



सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेको ‘हेलो किसान कार्यक्रम’ मा गुनासा आउन छाडेको छ । किसानका समस्या तत्काल समाधान गर्ने उद्देश्यले मन्त्रालयले छ महीनाअघि शुरु गरेको कार्यक्रममा प्रभावहीन बन्न पुगेको हो ।

किसानले आफ्ना गुनासा÷समस्या सिधैँ मन्त्री, सचिवलगायतसँग व्यक्त गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले विसं २०७५ फागुनदेखि सो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । मन्त्रालयले यसका लागि टोल फ्रि नम्बर १६६०८३५२०१२ डायल गरेर किसानलाई आफ्ना समस्या समाधान गर्न आग्रह गरेकामा हालसम्म चार गुनासा मात्र रेकर्ड भएका छन् । पहिलो दिनमा आएका दुईवटै गुनासाको मन्त्री विमला केसीले स्वयंले जवाफ दिनुभएको थियो ।

टोल फ्रि नम्बरबारे किसानले जानकारी नपाउँदा गुनासाहरु आउन छाडेको मन्त्रालयको बुझाइ छ । उपसचिव हरि पण्डितले कार्यक्रमलाई किसानसम्म पु¥याउन आवश्यक तयारी भइरहेको बताउनुभयो । “छ महीनामा चार गुनासा आएको पाइयो, टोल फ्रि नम्बरबारे किसानलाई जानकारी भएन”, उहाँले भन्नुभयो, “कार्यक्रमको प्रचार–प्रसार हुनसकेको छैन्, अब यसलाई व्यवस्थित र प्रभावकारी रुपले अघि बढाउँछौँ ।”

प्रतिक्रिया दिनुहोस्